२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

बलात्कारी छुटाउन एक करोड बार्गेनिङ गर्दागर्दै माओवादी नेता पक्राउ

२८ साउन, काठमाडाैँ । बलात्कारी छुटाउन एक करोड रूपैयाँ बार्गेनिङ गर्दागर्दै एक जना माओवादी नेता पक्राउ परेका छन । बलात्कारी छुटाउन एक करोड रूपैयाँको बार्गेनिङ गर्दागर्दाै नेकपा माओवादी केन्द्र (पछि माओवादी केन्द्र समाजवादी) का स्थायी कमिटी सदस्य तथा तमुवान, गण्डक प्रदेश ईन्चार्ज भोजराज त्रिपाठीलाई कास्की प्रहरीले पक्राउ गरेको हो । त्रिपाठी बलात्कार मुद्दाका प्रतिवादीलाइ छुटाउन भन्दै एक करोड रूपैयाँ मागेको अवस्था पक्राउ परेका हुन ।

२०७७ फागुन १९ गते जबरजस्ती करणी मुद्धाका प्रतिवादीलाई ‘प्रहरी, वकिल र अदालतसंग सेटिङ छ १ करोड रकम दिए मिलाई दिन्छु नत्र १५ बर्ष जेल जान्छ’ भनी झूठ्ठो आश्वासन तथा बिश्वास दिलाई पीडकबाट १२ लाख रुपैयाँको चेक र नगद १ लाख १० हजार रुपैयाँ लिई ठगी गरेको कसुरमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ । यसअघि घटनामा संलग्न रहेका सुर्यलाल खड्का र कमन भन्ने कमान बहादुर तामाङलाई पोखरा महानगरपालिका–१७ राष्ट्रबैंक चोकस्थित खाजाघरबाट प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार १०:४३