२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

युवा संघका उपाध्यक्षसहित २६ केन्द्रीय सदस्य माओवादीमै फर्किए

२७ साउन, काठमाडाैँ । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघमा उपाध्यक्ष तथा प्रवास विभाग प्रमुखसहित दुई दर्जन बढी केन्द्रीय सदस्यहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नभएकाे छ । युवा संघका केन्द्रीय उपाध्यक्ष याेगेश साउदसहित सुदुरपश्चिम प्रदेशका २६ जना केन्द्री सदस्य माओवादीमा फर्किएका छन । आज उपाध्यक्ष साउदले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्दै नेकपा एमाले परित्याग गरेकाे घोषणा गरेका छन ।

उपाध्यक्ष साउदलाई अध्यक्ष प्रचण्डले खादा लगाएर स्वागत गरेका गरेका छन ।  साउदले २६ जना केन्द्रीय सदस्य फर्केकाे जानकारी अध्यक्ष प्रचण्डलाई दिएका छन । उपाध्यक्ष याेगेश २०५७ सालदेखि माओवादी आन्दाेलनमा लागेका लागेका थिए । साउद नेकपा विभाजन हुँदा लेखराज भट्टसँगै एमालेकाे युवासंघमा उपाध्यक्षकाे जिम्मेवारी पाएका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार १९:०९