२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

विद्यार्थीले प्रवेशपत्र देखाएर खोप लगाउन पाउने, यी हुन तोकिएका केन्द्र

२७ साउन, काठमाडौँ । परिक्षार्थी विधार्थीले प्रवेशपत्रका आधारमा कोभिड-१९ विरुद्धको खोप लगाउन पाउने भएका छन् । खोप महाशाखा प्रमुख झलक गौतमले प्रवेशपत्रकै आधारमा विद्यार्थीले खोप लगाउन पाउने निर्णय भएको जानकारी दिए ।

विद्यार्थीले प्रवेशपत्रका आधारमा काठमाडौँका वीरेन्द्र सैनिक, नेपाल प्रहरी अस्पताल पानीपोखरी, शसस्त्र प्रहरी बल बलम्बु अस्पतालबाट खोप पाउने छन् ।

साउन २५ गते सत्तारुढ दल निकट पाँच विद्यार्थी संगठनहरुले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटी परीक्षामा सहभागी हुने विद्यार्थीलाई खोपको व्यवस्था गर्न भन्दै ज्ञापनपत्र बुझाएका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार १७:२१