२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

विजय गच्छदारलाई भ्रष्टाचारी बनाउने संविधान कांग्रेसले फेर्नुपर्छ

२७ साउन, काठमाडौँ । सत्तारुढ दल नेपाली का‌ंग्रेसका उपसभापति विजयकुमार गच्छदारले जनजातिको छोरालाई भ्रष्टाचारी बनाउने संविधान कांग्रेसले फेर्नुपर्ने बताएका छन । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले आफ्नो ५० वर्षे राजनीतिक इतिहास नै समाप्त पार्ने गरी ललितानिवास प्रकरणको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूमाथि भ्रष्टाचार मुद्दा चलाएको बताए ।

उनले आफूमाथि भ्रष्टाचारको मुद्रा चल्ने संविधान त्रुटिपूर्ण रहेको दाबी गर्दै त्यसलाई सच्याउने कामको नेतृत्व कांग्रेस आफैँले गर्नुपर्ने बताए । उनले आफूमाथि दुस्मनी साँध्ने काम गर्नु अन्ततः संविधानमा त्रुटि हुनु रहेको बताए । बुधबार विश्व आदिवासी दिवसको अवसर पारेर पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा गच्छदारले यस्तो बताएका हुन । उनी ललिता निवास प्रकरणमा भ्रष्टाचार मुद्दाका अभियुक्त हुन ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार १६:२३