१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

मानुषी लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला, कति दिने आवेदन ?

२७ साउन, काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (साउन २७ गते, बुधबार) देखि सर्वसाधारणमा साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ बिक्री खुला गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजी ७ करोड रुपैयाँको ३६ प्रतिशत अर्थात ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको कूल ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्कासन गरेको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार ४६९ कित्ता कर्मचारीका लागी, ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषका लागी र बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणका लागी छुट्याईएको छ ।

लघुवित्तको आईपीओमा साउन २७ गते देखि ३१ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरे भदौ ९ गतेसम्म आवेदन दिन सकिने छ ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले लघुवित्तलाई केयर एनपी बि प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्दछ ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार ११:५४