२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

राष्ट्रिय सभाको बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

२७ साउन, काठमाडाैँ । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाले विभिन्न प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संघीय संसदको महासचिव डा.भरतराज गौतमले जानकारी दिएका छन् । प्रधानमन्त्री देउवाले “सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै प्रधानमन्त्री देउवाले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको “रेल्वे विधेयक, २०७६ माथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।  “रेल्वे विधेयक, २०७८ लाई पारित गरियोस्” भन्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ ।

विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको “प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६ माथि छलफल गरियोस्” र “प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७८ लाई पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार ११:२५