१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेकपाको केन्द्रीय सचिवालय बैठक जारी

१ साउन, काठमाडौं । पार्टी सञ्चालन नियमावली र विधानको केही प्राविधिक विषय टुंगो लगाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले नियमावली र विधानबारे छलफल भैरहेको छ ।

वामदेव गौतम नेतृत्वको कार्यदलले गरेका सिफारिसमा केही असहमति देखिएको नेताहरुले बताएका छन् । कार्यदलले केन्द्रीय सदस्यलाई गाउँपालिका इञ्चार्ज बनाउने, जिल्ला अध्यक्ष र इञ्चार्जहरु प्रदेश कमिटीमा नराख्ने लगायतका सुझाव दिएको थियो ।

विधान र नियमावली प्रकाशनमा पठाउनु अघि नेताहरूबीच सर्वसम्मति कायम गर्न महासचिव विष्णु पौडेलले सचिवालय बैठक डाकेका हुन । बैठक सोमबार साँझका लागि बोलाइएको भए पनि पछि आज बिहानका लागि सारिएको थियो ।

प्रकाशित मिति : १ श्रावण २०७५, मंगलवार ११:०७