२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

नुवाकोटमा कांग्रेस र माओवादी परित्याग गर्ने बढे, १२ युवा नेता नेकपा (एमाले)मा प्रवेश

२६ साउन, नुवाकोट । नुवाकोटमा नेपाली कांग्रेस र नेकपा माओवादी परित्याग गर्ने युवाहरू बढेका छन । मंगलबार नुवाकोटको ककनी गाउँपालिकाको वडा नम्बर २ ओखरपौवाका १२ युवाले कांग्रेस र माओवादी परित्याग गरी नेकपा एमाले प्रवेश गरेको एमाले नेता बैकुण्ठ घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार एमाले प्रवेश गर्नेमा केही राप्रपामा रहेका युवा समेत छन । मंगलबार एमाले प्रवेश गर्नेमा कृष्णप्रसाद घिमिरे, पेमा तामाङ, समिर लामा, शुक्र लामा, सञ्जय तामाङ, धनबहादुर तामाङ, हर्षबहादुर तामाङ, पवन थापा, विजय गौतम, विजय सेढाँइ, रविन थापा क्षेत्री र राजाराम घिमिरे रहेका छन ।

उनीहरूलाई नेकपा एमालेका अध्यक्ष बद्री मैनाली र सचिव काशिराज अधिकारीले एमालेमा सदस्यता र खादा टीका लगाएर स्वागत गरे । अध्यक्ष मैनालीले नवप्रवेशी युवाहरूलई एमालेमा उचित जिम्मेवारी दिने प्रतिवद्धता व्यक्त गरे । उनले एमालेका केही नेताहरूको मति बिग्रिएको भए पनि राजनीतिक चेत भएकाहरू एमालेमा प्रवेश गर्ने लहर बढेको बताए ।

सो कार्यक्रममा एमाले नुवाकोटका नेता एवं ककनी गाउँ कमिटीका अध्यक्ष जनार्दन अधिकारी, नेता समिर बलामी लगायत सहभागी रहेका थिए । सोही कार्यक्रममा प्रेम तामाङको अध्यक्षतामा २९ सदस्यीय एमालेको वडा कमिटी गठन गरिएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलवार २१:४०