२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको घरमा किन पुगिन रामकुमारी झाँक्री ?

२६ साउन, काठमाडौंँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले मंगलबार बिहान नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेकी छिन । खड्काको गोल्फुटारमा रहेको घरमा मंगलबार बिहान खड्का र झाँक्रीकोबीचमा भेटवार्ता भएको कांग्रेस स्रोतले जनाएको छ ।

झाँक्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जान हतारिएकी एउटा नेतृ पनि हुन । उनी नेपाल समूहले छुट्टै पार्टी बनाएर चाँडो सरकारमा जानुपर्छ भन्ने पक्षधारको नेतृ समेत हुन । उनीहरूको बीचमा सत्ता साझेदारीकै केही विषयमा कुरा भएको बुझिएको छ । उनी माधव नेपालको दूतको रूपमा खड्का निवास पुगेको कांग्रेस नेताहरूको बुझाइ छ । नेपालले डा विजय पौडेललाइ सत्ता साझेदारको बैठकमा पठाएपछि बिरोध भएको थियो । त्यसपछि झाँक्रीले कांग्रेस नेताहरूसँग कुरा गर्न सुरू गरेकी छिन ।

मंगलबार बिहान झाँक्रीले खड्का भेटेपछि नेकपा माओवादी कैन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार साँझ माधव नेपालसँग भेटवार्ता गरेका छन । उनीहरूको बीचमा पनि सत्ता साझेदारी र नेपालले खोल्ने नयाँ पार्टीको बारेमा कुराकानी भएको बुझिएको छ । हामीले झाँक्रीसँग भेटका बारेमा बुझ्न फोन गरेका थियाैँ । यद्यपी उहाँसँग सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलवार २०:१३