१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

अमेरिकी राष्ट्रपति चुनावमा रुसले हस्तक्षेप नगरेको ट्रम–पुटिन दाबी

१ साउन, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप नगरेको प्रष्टोक्ति दिएका छन् ।

अमेरिकी गुप्तचर संस्थाले सन् २०१६ को अमेरिकाको राष्ट्रपति चुनावमा ट्रम्पलाई रुसले साथ दिएको जनाएको थियो । तर यसको बचाउमा लाग्दै आएका ट्रम्पले पुनः रुसले कुनै हस्तक्षेप नगरेको अभिव्यक्ति दिएका छन् । ट्रम्पले अमेरिकाको चुनावमा रुसले साँठगाँठ गर्नुपर्ने कुनै कारण नरहेको बताएका छन ।

पुटिनले पनि निरन्तर लाग्दै आइरहेको आरोपको एक कदम अघि बढेर खण्डन गरेका छन् । उनले अमेरिकी मामिलामा रुसले कहिल्यै हस्तक्षेप नगरेको बताएका छन । दई नेताबीच सोमबार फिनल्यान्डको राजधानी हेलसिन्किीमा करिब दुई घन्टा भेटवार्ता भएको थियो ।

प्रकाशित मिति : १ श्रावण २०७५, मंगलवार १०:३३