२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

जयसिंह धामीको विषयमा यथार्थ जानकारी दिन सभामुखको रुलिङ

२६ साउन , काठमाडौँ । सभामुख अग्नि सापकोटाले दार्चुला घटनाबारे यथार्थ जानकारी यथाशक्य छिटो दिन सरकारलाई रुलिङ गरेका छन् । सापकोटाले दार्चुलाका जयसिंह धामीको तुइन चुँडिएर महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाको सत्य तथ्य पत्ता लगाइ यथार्थ जानकारी दिन सभामुख सापकोटाले रुलिङ गरेका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख सापकोटाले तुइन प्रकरणको विषयमा यथार्थ जानकारी दिन सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

यही साउन १५ गते बिहान दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा तुइन प्रयोग गर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि स्थानीय धामी बेपत्ता भएको घटना सार्वजनिक भएको थियो ।

सरकारले सो घटनाको छानबिनका लागि यही साउन १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । छानबिन टोलीलाई १० दिनको समयसीमा दिइएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलवार १४:५२