२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

लुम्बिनीमा खरिदबिक्री रोक्न भन्दै कांग्रेस र माओवादीले सांसदलाई बन्धक बनाए

२६ साउन, वुटवल । लुम्बिनीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाले आफ्नै सांसदलाई बन्धक बनाएका छन । उनीहरूले आफ्ना सांसद खरिदबिक्री हुने डर भएकाले रिसोर्टमा बन्धक बनाइएको बताएका छन ।

सरकारविरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावको तयारी तथा त्यसपछि सरकारमा सहभागिताको भागवण्डा मिलाउन भन्दै कांग्रेस र माओवादीका नेताले कपिलवस्तुको राजापानी रिसोर्टमा सांसदहरूलाई लगेर थुनेका छन ।

उनीहरूले २७ सांसद रिसोर्टमा पुर्याएको र बाँकीलाइ पनि पुर्याउने तयारी गरेका छन । संसद खरिद विक्री हुने डरले रिसोर्टमा थुनिएको माओवादीका एक नेताले बताए । भोलि लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्रीविरूद्धको अविश्वासको प्रस्तावमा छलफल हुने कार्यक्रम रहेको छ । एमाले नेतृत्वको सरकार ढले कांग्रेस र माओवादीले ८र८ महिना आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका छन ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलवार ०९:३०