२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

भत्काइदेउ धरहरा, पुरिदेऊ रानीपोखरी बन्द गर ओली याद आउने सबै चिजहरुः अध्यक्ष ओली

२५ साउन, काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना याद आउने सबै योजना भत्काइदिन चेतावनी दिएका छन् । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकार एक महिनासम्म विस्तार हुन नसकेको भन्दै आक्रोश पनि व्यक्त गरेका छन् ।

‘उहाँहरूकाे जनताका लागि केही नयाँ गर्ने होइन, के भत्काउने भनेर काम सुरु भएको छ,’। “भत्काइदेउ धरहरा, पुरिदेऊ रानीपोखरी, टालिदेऊ मेलम्ची, भत्काइदेऊ सडक र पूल तथा विमानस्थलहरु, बन्द गर ओली याद आउने सबै चिजहरु’ अध्यक्ष ओलीले भने । हिजो आफनो पार्टीको समस्याले सदन बिघटन गर्न पाइन्छ भन्नेहरुको पार्टीहरुको किचलो छरपष्ट भएको छ के अब आफनो पार्टी र गठबन्धनको समस्याको कारण राष्ट्रको समय बर्बाद गर्न पाइन्छ ?ओलीको प्रश्न थियो ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार १७:५४