२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

वर्तमान सरकारको मुख्य काम एमाले सरकारले गरेका नियुक्ति खारेजीः अध्यक्ष ओली

२५ साउन, काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको मुख्य ध्यान एमाले सरकारले गरेका कामको खारेजी भएको टिप्पणी गरेका छन् । एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘त्यस संस्कृतिको काम के भन्दा प्रगतिशील र जनपक्षीय शक्तिकाविरुद्ध आक्रमण केन्द्रीत गर्ने । यसलाई उहाँहरू लोकतान्त्रिक संस्कृति भन्नुहुन्छ । सुरु कसरी गर्नुहुन्छ भने नेकपा एमाले सरकारका पालामा गरिएका राम्रा काम र नियुक्तिको खारेज गरेर ।’

उनले देउवा नेतृत्वको सरकार लोकतान्त्रिक बाटोबाट नभएर अपवित्र गठबन्धनबाट बनेर आएको बताए । बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा विश्वास नगरेर अपवित्र गठबन्धनको संस्कृतिको विकास भएको ओलीको तर्क थियो । ओलीले माधव नेपालबाट यसपटक भएको गल्ति सानो तिनो नरहेको भन्दै अझै पनि आफूले माफी दिएको बताए । विपक्षी पार्टीलाई प्रधानमन्त्री बनाउन फ्लोर क्रस गर्ने कुरा सामान्य अपराध नभएको ओलीको भनाइ थियो ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार १७:०६