२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

एमालेको केन्द्रीय कमिटी बैठक जारी

२५ साउन, काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक जारी रहेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा विधान संशोधन लगायतका विषयमा छलफल हुँदैछ ।

एमालेको सोमबार नै बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष र महासचिवबाहेक सबै पद मनोनीत गर्ने गरी विधान संशोधनको निर्णय गरेको थियो । सो निर्णय अनुमोदनका लागि केन्द्रीय कमिटीमा पेश हुने एक नेताले जानकारी दिए । बैठकमा महाधिवेशन केन्द्रित अन्य विषयमा पनि छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार १६:१६