२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

सरकार विदेशीको दलाली गर्दै विद्यार्थीहरुको भविष्य अन्धकार बनाउन लाग्योः अध्यक्ष महर

२५ साउन, काठमाडाैँ । अनेरास्ववियूका अध्यक्ष ऐन महरले सरकार विदेशीको दलाली गर्दै विद्यार्थीहरुको भविष्य अन्धकार बनाउन लागि परेको बताएका छन । सामाजिक सञ्जाल मार्फत सरकारको ध्यानाकर्षण गराउँदै अध्यक्ष महरले भनेका छन, ‘ शैक्षिक माफिया र दलालहरुले अहिले नेपालको शिक्षा प्रणालिलाई तहसनहस बनाउने योजनाका साथ शैक्षिक अन्योलता सिर्जना गर्ने, विद्यार्थीहरुलाई निरास बनाउने र भबिष्य अन्धकार बनाउने उद्देश्यका साथ परीक्षा स्थगित गर्न विभिन्न प्रपञ्चहरु गरिरहेका छन ।’

अध्यक्ष महरले शिक्षा प्रणालीले नै ध्वस्त पार्ने काम हुन लागेको भन्दै खबरदारीमा जुट्न अनुरोध पनि गरेका छन । उनले भनेका छन, ‘पछिल्लो समय परीक्षा स्थगनका घटनाक्रम पनि त्यही उद्देश्यबाट प्रेरित छन र श्रीमान ५ को परमादेशबाट बनेको बिदेशिहरुको दलाली गर्न भ्याई नभ्याई गरिरहेको सरकार यसको मतियार बनिरहेको छ। बिश्वबिद्धालयको परीक्षा स्थगित गरेर समस्या समाधान हुँदैन बरु विद्यार्थीहरुको शैक्षिक भबिष्य अन्योल र अन्धकार हुन्छ । सबैले छिटोभन्दा छिटो परीक्षा दिने विद्यार्थीहरुलाई प्रबेश पत्रको आधारमा खोपको ब्यबस्था गरि अबका परिक्षाहरु सञ्चालन गरिनु पर्छ । सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार १५:०४