२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

भूमि आयोग विघटनविरुद्ध दायर रिटकाे सुनुवाइ न्यायाधीश खतिवडाको इजलासमा

२५ साउन, काठमाडाैँ । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीविरुद्ध विघटित आयोगका अध्यक्ष देवी ज्ञवालीसहितले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ । उक्त रिटको सनुवाईका लागि न्यायाधीश ईश्वर खतिवडाको इजलासमा पेसी तोकिएको छ । ज्ञवालीसहित अधिवक्ता प्रवेश केसीलगायतको रिट एकै ठाउँमा राखेर न्यायाधीश खतिवडाको इजलासमा सुनुवाइ  हुँदैछ ।

ज्ञवालीले आइतबार रिट दर्ता गर्दै आयोग विघटन गैरकानूनी र संविधानविपरीत रहेको भन्दै उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरेका थिए । त्यस्तै, केसीले आयोग खारेज गर्ने मन्त्रिपरिषदको निर्णयले भूमि सम्बन्धी मौलिक हकको उल्लंघन भएको भन्दै शुक्रवार नै रिट दर्ता गराएका थिए ।

साथै न्यायाधीश खतिवडाको इजलासमा लुम्बिनी प्रदेश जनता समाजवादी पार्टी (जसपा)ले पदमुक्त गरेका तीन जना सांसदको रिटको सुनुवाई पनि हुने भएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार ११:३३