२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक, स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन गर्ने

२४ साउन, काठमाडाैँ । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका अध्यक्ष उपेन्द्र यादवलले सरकारका न्यूनतम साझा कार्यक्रम सिंहदरवारमा औपचारिक रुपमा सार्वजनिक गरेका हुन् ।

सरकारले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन गर्ने घोषणा भएको छ । कार्यदलका संयोजक पूर्णबहादुर खड्काले स्वास्थ्य सामग्रीमा भएको अनियमितताबारे छानबिन गर्ने घोषणा गरेका छन् । स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति तथा संस्थालाई कारबाही गर्ने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आईतवार १७:२६