२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

भूमि आयोग खारेजीको निर्णय बदर गर्न माग गर्दै देवी ज्ञवाली पुगे सर्वोच्च अदालतमा

२४ साउन, काठमाडौँ । भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग गर्दै विघटित आयोगका अध्यक्ष देवी ज्ञवालीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

आयोग खारेज गर्ने सरकारको निर्णय संविधानले व्यवस्था गरेको नागरिकको मौलिक हकविरुद्ध रहेको भन्दै ज्ञवालीले उत्प्रेषणको आदेशबाट निर्णय बदर गर्न माग गर्दै आइतबार रिट दायर गरेका हुन् ।

आयोग विघटनका सम्बन्धमा आइतबार नै थप दुई रिट दायर भएका छन् । शुक्रबार पनि आयोग खारेजीविरुद्ध दुई वटा रिट दायर भएका थिए।अहिलेसम्म आयोग खरेजसम्बन्धि पाँच वटा रिट दायर भएका छन् । सर्वोच्वले हालसम्म दायर रिटहरु एउटै ठाउमा राखेर सुनुवाइ गर्न भोलिको लागि पेशी तोकेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आईतवार १६:४७