२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

योगेश भट्टराईकी आमाको निधनप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

२४ साउन, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईकी आमाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

आइतबार एक शोक वक्तव्य जारी गर्दै ओलीले भट्टराईकी आमा महेन्द्रादेवी भट्टराईको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

अध्यक्ष ओलीले भट्टराईको निधनले दुखि बनाएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जलि तथा परिवारमा समवेदनासमेत प्रकट गरेका छन् । भट्टराईकी आमाको निधन आइतबार भएको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आईतवार १३:३१