१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

एकै दिन तोलामा १५०० रुपैयाँले घट्याे सुनकाे मूल्य

२४ साउन,काठमाडौँ । आज एकै दिन सुनको मूल्य तोलामा १५०० रुपैयाँले घटेकाे छ । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा काराेबार भएकाे छ । शुक्रबार छापावाल सुन ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियाे ।

 यस्तै तेजावी सुनको मूल्य भने तोलामा १४५० रुपैयाँले घटेकाे छ । शुक्रबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ८९ हजार ५५० रुपैयाँ काराेबार भएकाे छ ।

आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १२४० रुपैयाँमा काराबोर भइरहेको छ । शुक्रबार १२६५ रुपैयाँ चाँदीको कारोबार भएको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आईतवार १२:०३