२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

एमाले उपाध्यक्ष रावल र राष्ट्रपति भण्डारीबीच भेटवार्ता, साँढे दुई घण्टा के भयो कुरा ?

२४ साउन, काठमाडाैँ । नेकपा (एमाले)का उपाध्यक्ष डा भीमबहादुर रावलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ । शनिबार साँझ राष्ट्रपति भेट्न शितल निवास पुग्नुभएका डा रावलले त्यहाँ करिब साँढे दुइ घण्टा विताएको स्रोतले जनाएकोछ  ।

नेकपा एमालेको जारी विधानमा उमेर हदको सीमा सम्बन्धि व्यस्था कायम रहे रावल अध्यक्षका प्रवल दाबेदार देखिएका छन । त्यसका लागि उनले पनि आफ्नो सक्रियता बढाएका छन भने माधवकुमार नेपालको कांग्रेस गमन छाडेर एमालेको गतिबिधिमा सहभागी हुन चाहिरहेका छन ।

शनिबार साँझ भण्डारी र रावलकोबीचमा के कुरा भयो भन्ने बाहिरिएको छैन । यद्यपी उनीहरूले साँझ ५ बजेर १० मिनेटदेखि ७ बजेर ४० मिनेट सम्म कुराकानी गरेको बुझिएको छ । रावलले एमाले विरोधी गतिबिधि गरिरहेका माधव नेपाल समूहका सबै छलफलमा जान छाडेका छन । र गएको समयमा एकतावद्ध एमालेको पक्षमा विचार राखेर हिड्ने गरेका छन ।

एमालेमा समस्या पर्दा शीर्ष नेताहरूले यसअघि पनि राष्ट्रपति भण्डारीसँग परामर्श गर्ने गरेका थिए । नेकपाकालिन समयमा पनि अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बीचमा खटपट हुँदा भण्डारीले मध्यस्ताको भूमिका निर्वाह गर्दै आएकी थिइन ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आईतवार ०९:०५