२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

नेकपा एमालेको विदुर नगर कमिटीमा सर्वसम्मत नेतृत्व, अध्यक्षमा प्रधान र सचिवमा श्रेष्ठ

२४ साउन, नुवाकोट । नेकपा एमालेको विदुर नगरस्तरीय कमिटीमा सर्वसम्मत नेतृत्व चयन भएको छ । कमिटीको अध्यक्षमा पूर्व विद्यार्थी नेता नविन प्रधान र सचिवमा पनि पूर्व विद्यार्थी नेता अनुजकुमार श्रेष्ठ चयन भएका छन । त्यस्तै सहसचिवमा प्रदीप घिमिरे र नारायण पौडेल चयन भएका छन ।

नेकपा एमालेका युवा नेता एवं बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेको प्रमुख र जिल्ला अध्यक्ष बद्री मैनालीको विशेष आतिथ्यतामा सम्पन्न भएको भेलामा एमाले नुवाकोटका संस्थापक रामशरण प्याकुरेल नेतृ विन्दा ढुंगाना लगायतले मन्तव्य राख्दै संगठन निर्माणको अभियान टोलटोलसम्म पुर्याउन निर्देशन दिए ।

यसअघि जिल्लाको सचिवालय बैठकले नगरको इन्जार्जमा युवा नेता नारायण घिमिरे र सहइन्चार्जमा प्रल्हाद खतिवडा र शिव चित्रकारलाइ जिम्मेवारी दिएको थियो । घिमिरे, खतिवडा र चित्रकार तीनै जना पार्टीको जिल्ला कमिटीको सचिवालय सदस्य रहेका छन ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आईतवार ०८:३१