२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

काेराेना अपडेटः ३२१८ संक्रमित थपिए, १९ जनाको मृत्यु, १७२२ संक्रमणमुक्त

२३ साउन, काठमाडाैँ । नेपालमा थप ३२१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ५७३ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ३२१८ जनाको नतिजा पोजिटिभ आएको हो । ८८६६ नमुनाको पीसीआर परीक्षण गर्दा २२३१ र चार हजार ७०७ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९८७ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १९ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर एक हजार ७२२ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ६७ हजार २७० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार १७:०८