२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

एसईईको नतिजा प्रकाशित, यसरी हेर्नुहोस् नतिजा

२३ साउन, काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित भएको बोर्डले नतिजा प्रकाशित गरेको हो ।

५ लाख १७ हजार १ सय २२ जनाले परीक्षा फारम भरेकोमा ४ लाख ८४ हजार २ सय ७८ उत्तीर्ण भएको परीक्षा नियन्त्रक कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले बताएका छन् ।

नतिजा ईजी सर्भिस प्रालिबाट ३४९४९, आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सकिने छ ।

त्यस्तै नेपाल टेलिकमबाट १६०० डायल गरेर वा एसएमएस गरेर नतिजा थाहा पाउन सकिन्छ । साथै एनसेलबाट पनि १६०० मा एसएमएस गरेर नतिजा थाहा पाउन सक्ने व्यवस्था गरिएको छ । साथै यी लिंकबाट पनि नतिजा हेर्न सकिने छ ।

www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार १५:२६