२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

माधव नेपाल समूह सरकारमा नजाने, देउवालाई मन्त्रिपरिषद् विस्तारको बाटो खुल्यो

२२ साउन, काठमाडाैँ । नेकपा एमालेको माधवकुमार नेपाल समूह शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ । दुइ दिनसम्म चलेको गुटको बैठकमा देउवा सरकारमा सहभागिता नहुने विषयमा निष्कर्ष निकालिएको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए । उनले पार्टीमा गठित एकता कार्यदलले गरेको १० बुँदे सहमतिलाई नै एकताको आधार रहेको ठहर गरेर सोही अनुसार अघि बढ्ने निर्णय भएको जानकारी दिए ।

बैठकले आजसम्म भएका सबैखाले सहमतिलाई आधार मानेर एकताप्रक्रिया अझ परिष्कृत बनाउने र संवादलाई निरन्तरता दिने निर्णय गरेको उनले जानकारी दिए । बैठकले एकता प्रक्रियामा अवरोध हुने गरी पार्टी सदस्यता वितरण र नवीकरण लगायतका सांगठनिक गतिविधि नगर्न समेत संस्थापन पक्षसंग आग्रह गरेको छ । योसँगै प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारको बाटो खुला भएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार १७:०६