२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

स्थानीयतहलाई प्रदेश सरकार मातहत ल्याउने प्रयास गलत र आपत्तिजनकः अध्यक्ष थापा

२२ साउन, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले स्थानीयतहलाई प्रदेश सरकार मातहत ल्याउने प्रयास गलत र आपत्तिजनक रहेको बताएका छन । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन, ‘सरकारको प्रस्तावित साझा न्युनतम कार्यक्रममा ‘स्थानीयतहलाई प्रदेश सरकार मातहत ल्याउने’ विषय समावेश हुनु गलत र आपत्तिजनक छ। वास्तवमा राष्ट्रकोलागि बोझ बनेको र अनावश्यक ‘प्रदेशतह’ खारेज गरी स्थानीयतहलाई अझ बढी साधनश्रोत र अधिकार सम्पन्न तुल्याउनु अहिले आवश्यकतालहो । सुदृढ स्थानीय स्वायत्त शासन प्रजातन्त्रको मेरुदण्ड हो।’

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार १६:४८