उपाध्यक्ष एवं कांग्रेस नेतृ गीतादेवीको ससुराको निधनमा गाउँपालिकाभर शोक विदा
२२ साउन, काठमाडाैँ । नेपाली कांग्रेसकी नेतृ एवं तेह्रथुमको मेन्छयायेम गाउँपालिका उपाध्यक्ष गीतादेवि तिम्सिना गौतमको ससुराको निधनमा पालिकाभर शोक विदा दिइएको छ । शुक्रबार पालिकाभर विदा दिइएकाे निमित्त प्रशासकीय प्रमुख विष्णुप्रसाद पोखरेलले जानकारी दिएका छन । यसअघि नगरपालिकाको प्रमुख र उपपुमुख दुबै भूकम्प पीडितको अनुदानको पैसामा भारतको हरिद्धार जाने बेलामा नुवाकोटको बेलकोटगढी नगरपालिकामा स्थापना दिवसको नाममा विदा दिइएको थियो ।
पोखरेलले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रस्तुत विषयमा यस मेन्छयायेम गाउँपालिका उपाध्यक्ष गीतादेवि तिम्सिना गौतमको ससुराबुबा कृष्णप्रसाद गौतमको मिति २०७८।०४।२१ गते राति ११:४० बजे ९६ वर्षको उमेरमा भएको असामयिक निधनले मेन्छयायेम गाउँपालिका परिवार मर्माहित भएको छ ।
यस शोकको घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै मिति २०७८।०४।२२ गते शुक्रबार एक दिन यस गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरू, गाउँपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरू एवं गाउँपालिका मातहतका कार्यालयहरू (स्वास्थ्य संस्थाबाहेक) मा शोक विदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । ’ तिमल्सिना गत स्थानीय निर्वाचनमा १४८६ मत प्राप्त गरि नेपाली कांग्रेसको तर्फबाट उपाध्यक्षमा विजयी भएकी थिइन ।
प्रकाशित मिति : 14:02









