१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

शुक्रबार नेप्सेमा विभिन्न ५ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति कित्ता ?

२२ साउन, काठमाडाैँ । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ५ कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । शुक्रबार नेप्सेमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १२ प्रतिशत बाेनस बापतकाे १ लाख ४६ हजार ८९ दशमलव १ कित्ता सेयर सूचिकृत भएको छ ।

त्यस्तै, नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे ३ लाख ६८ हजार कित्ता सेयर सूचिकृत भएको छ । त्यसैगरी, रिलायन्स फाइनान्स कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे ८ लाख ३२ हजार ४ सय १६ दशमलव ०६ कित्ता सेयर सूचिकृत भएको छ ।

त्यस्तै, प्रुडेन्सियल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ८ प्रतिशत बाेनस बापतकाे ८ लाख २१ हजार एक सय ४५ दशमलव ६० कित्ता सेयर सूचिकृत भएको हाे । र  फरवार्ड माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २५ प्रतिशत बाेनस बापतकाे १२ लाख ५१ हजार ३८ दशमलव ५० कित्ता सेयर सूचिकृत भएको हाे ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार ११:२२