२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

एकबिहानै नुवाकोटको ओखरपौवामा फोहोर बोकेको ट्रक पल्टियो, चार जना घाइते

२२ साउन, नुवाकोट । एकबिहानै नुवाकोटको ओखरपौवामा फोहोर बोकेको ट्रक पल्टिएको छ । ककनी गाउँपालिका वडा नम्बर १ कागतीगाउँमा ट्रक सडक छाडेर धान खेतमा पल्टिदाँ चार जना घाइते भएका छन । । काठमान्डौ माहानगरपालिका अन्तर्गतको वेस्ट मेनेजमेन्ट सर्भिसको बा ३ ख ५३५७ नम्बरको ट्रक दुर्घटनामा परेको र चार जना घाइते भएको स्थानीय एमाले नेता बैकुण्ठ घिमिरेले जानकारी दिए । घाइतेमा चालकसहित कवाडी टिप्न जान लागेका तीन जना रहेका छन । उनीहरूलाइ उद्धार गरेर उपचारका लागि काठमाडौँ पठाइएको छ । तस्बीरः बैकुण्ठ घिमिरे

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार ०९:२३