२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

ईन्द्रावती नदीले सडक कटान गर्दा मेलम्ची-जिरोकिलो सडकखण्ड बन्द

२२ साउन, सिन्धुपाल्चोक । ईन्द्रावती नदीले सडक कटान गर्दा मेलम्ची(जिरोकिलो सडकखण्ड बन्द भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार शुक्रबार बिहान ६ः५० बजेको समयमा नदीले सडक कटान गरेको छ । अहिले सडकमा आवतजावत बन्द भएको छ । प्रहरीका अनुसार मेलम्ची नगरपालिका वडा नं।१३ मेलम्ची-जिरोकिलो सडकखण्ड स्थित फटकशिला ठाडो पहिरोमा ईन्द्रावती नदीले बाटो कटिङ गर्दा अं। २० मिटर बाटो नदीमा खसेको छ । प्रहरीले बाटो खुलाउने प्रयास भैरहेको भए पनि तत्कालका लागि वैकल्पिक बाटो रोज्न अनुरोध गरेको छ । तस्वीरः निरोज चाैलागाई

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार ०९:००