२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

सांसद बन्धक बनाएको आरोपबारे शंकर पोखरेलले मुख खोले, यस्तो छ वास्तविकता

२१ साउन, काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सांसद बन्धक बनाएको आरोपको सम्बन्धमा मुख खोलेका छन। पोखरेलले समाजिक सन्जाल मार्फत प्रतिक्रिया दिँदै पोखरेलले इतिहासले उत्तर दिने बताएका छन ।

उनले भनेका छन, ‘दुईजना माननियलाई ‘फकाएर’ राजिनामा गराउन सक्ने, ६ जनालाई ‘अनुशासन’को डण्डा चलाएर निष्कासन गर्न सक्ने र एकजना माननियलाई ‘दल’ परिवर्तन गराउन सक्ने प्रतिपक्षले आज सत्तापक्षलाई ‘अपहरण’को आरोप पनि लगाएछ । ८७ सदस्यिय प्रदेशसभा कस्का कारणले ८० सदस्यमा झर्यो ? इतिहासले उत्तर अवश्य खोज्नेछ ।’

यस्तो छ वास्तविकता

लुम्बिनी प्रदेशसभाका मुख्य सचेतक भूमिश्वर ढकालले प्रदेश सभा सदस्य विमला खत्री वलीकै राजीखुसीमा दाङबाट मुख्यमन्त्रीको निवासमा पुर्‍याएको बताएका छन् । दुई दिनअघि एमालेमै फर्किएको विज्ञप्ति पनि उनकै इच्छाअनुसार सार्वजनिक भएको ढकालले बताए ।

आज पत्रकार सम्मेलन गर्दै वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएको र आफू शाैचालयको चप्पल लगाएर भागेको बताएपछि सचेतक ढकालले बन्धक बनाइएको कुरालाई अस्वीकार गरेका हुन्।

दुई दिनअघि निकालिएको विज्ञप्तिमा वलीले आफ्नै राजीखुसीले हस्ताक्षर गरेको उनको दावी छ । सचेतक ढकालले भने, ‘बच्चा हुन् र जबरजस्तिगर्नलाई ? उनको दिदी र भिनाजुको भाइ पनि सँगै हुनुहुन्थ्यो । कहाँबाट आयो अपहरणको कुरा ?’ मुख्यमन्त्री निवासमा बन्धक बनाइएको, जबरजस्ती हस्ताक्षर गराइएको लगायतका सबै आरोप वाहियात भएको उनको दावी छ ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार २१:४१