२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

इच्छा विपरीत विवाहको कुरा चलाएपछि साथीको सहारामा

२१ साउन, इनरुवा । विवाहको कुरा चलाएपछि सुनसरीको दुहवी नगरपालिका– ८ सोनापुरकी एक युवतीले साथीको शरणमा पुगेकी छन् । परिवारमा आफ्नो इच्छा विपरीत विवाहको कुरा चलाइएपछि स्थानीय खदिजा खातुन घर छाडेर साथीको शरणमा पुगेकी हुन् ।

आफूलाई कक्षा ७ सम्म मात्रै पढाएको परिवारले पठनपाठबाट वञ्चित गरेको पछिल्लो समय वैशाखमा आफ्नो इच्छा विपरीत विवाहको कुरा चलाएपछि असार दोस्रो हप्तादेखि घर छाडेर सुरक्षित साथ साथीको शरणमा पुगेको खदिजाले बताइन् ।

परिवारले प्रहरीसम्म उजूरी गर्नका लागि गएको सूचना पाएपछि विरानगरमा साथी कहाँबाट भिडियो र पे्रश विज्ञप्तिमार्फत आफू सुरक्षित रहेको सार्वजनिक गरेको खजिाले जानकारी दिए । परिवारले मावि र उच्च शिक्षासम्म पढ्नबाट वञ्चित गरेको अरोप लगाउँदै खदिजाले विवाह पनि आफूले चाहेको भन्दा अर्कैसँग इच्छा विपरीत गर्न खोजेकाले सुरक्षाका लागि साथीको शरणमा पुगेको बताइन् ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार १५:२८