२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

वलीकै प्रस्तावमा मुख्ममन्त्री निवास पुर्‍याएको हुँः भूमिश्वर ढकाल

२१ साउन, काठमाडौँ । एमालेले लुम्बिनी प्रदेशसभाकी सांसद विमला वलीले आफूलाई जबरजस्ती मुख्यमन्त्री कार्यालयमा लगेर ५ दिनसम्म बन्धक बनाइएको भनेर लगाएको आरोप झुटाे रहेकाे बताएका छन् ।

लुम्बिनी प्रदेशसभाका मुख्य सचेतक भूमिश्वर ढकालले प्रदेश सभा सदस्य विमला खत्री वलीकै राजीखुसीमा दाङबाट मुख्यमन्त्रीको निवासमा पुर्‍याएको बताएका छन् । दुई दिनअघि एमालेमै फर्किएको विज्ञप्ति पनि उनकै इच्छाअनुसार सार्वजनिक भएको ढकालले बताए ।

आज पत्रकार सम्मेलन गर्दै वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएको र आफू शाैचालयको चप्पल लगाएर भागेको बताएपछि सचेतक ढकालले बन्धक बनाइएको कुरालाई अस्वीकार गरेका हुन्।

दुई दिनअघि निकालिएको विज्ञप्तिमा वलीले आफ्नै राजीखुसीले हस्ताक्षर गरेको उनको दावी छ । सचेतक ढकालले भने, ‘बच्चा हुन् र जबरजस्तिगर्नलाई ? उनको दिदी र भिनाजुको भाइ पनि सँगै हुनुहुन्थ्यो । कहाँबाट आयो अपहरणको कुरा ?’ मुख्यमन्त्री निवासमा बन्धक बनाइएको, जबरजस्ती हस्ताक्षर गराइएको लगायतका सबै आरोप वाहियात भएको उनको दावी छ ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार १४:५८