१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

मनकामना स्मार्ट लघुवित्तकाे नाफा ५८९.३१ प्रतिशतले बढ्याे

२१ साउन, काठमाडौँ । भर्खरै मात्र साधारण सेयर (आईपीओ) निष्कासन गरेकाे मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ५८९.३१ अंकले बढेकाे छ ।

लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म को वित्तिय विवरण अनुसार कम्पनिले ३ करोड २२ लाख ३२ हजार खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष कम्पनिले ४६ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५८९.३१ प्रतिशत बढि हो ।

कम्पनिले ३२ करोड ११ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १२४ प्रतिशतले बढेको छ भने कर्जा लगानि ९७ करोड ८ लाख पुगेको छ । यो गत वर्षको तुलनामा १०० प्रतिशतले उकालो लागेको हो ।

नापफा सँगसँगै कम्पनिको खुद ब्याज आम्दानी ८ करोड २३ लाख भएके छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ११८ प्रतिशतले उकालो लागेको हो ।

कम्पनिको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ १५ पैसा पुगेको छ । जगेडा कोषमाा ३ करोड ७७ लाख रुपैयाँ रहेको कम्पनिको चुक्ता पूँजी १२ करोड ११ लाख ५० हजार पुगेको छ ।

कम्पनिले १ सय रुपैयाँ अंकित दरका ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार १४:१९