२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

एमाले प्रवेश गरेका जनप्रतिनिधिलाई पुनर्वहाली नगर्न प्रचण्डको भ्याकेट निवेदन, आज सुनुवाई हुँदै

२१ साउन, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले गरेको पुर्नवहालीविरुद्ध भ्याकेट निवेदन दिएका छन् । सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका विभिन्न जिल्लाका  मेयर, उपमेयर, गाउँपालिकाका पदाधिकारीहरुलाई स्थानीय तहका जनप्रतिनिधिलाई अध्यक्ष प्रचण्डले कारबाही गरेका थिए ।

प्रचण्डले गरेको कारबाहीविरुद्ध उनीहरुले सर्वोच्च अदालतलमा पुर्नवहालीको माग गर्दै रिट दायर गरेका थिए । पदमुक्त भएका जनप्रतिनिधिहरुलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत पुनर्वहाली गरेकोमा माओवादी अध्यक्ष प्रचण्ड अन्तरिम आदेश खारेजीको माग लिएर अदालत गएका हुन् । उक्त निवेदनमाथि आज आनन्दमोहन भट्टराई, बमकमुार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासमा सुनुवाइ हुँदैछ ।

न्यायाधीश कुमार चुडालको इजलासले माओवादी केन्द्र परित्याग गरेपछि कारबाहीमा परेका रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह,कटहरीयाका मेयर सियराम कुशवाह लगायत वडाध्यक्षदेखि मेयरसम्मका ४१ जना जनप्रतिनिधि माओवादी छाडेर एमाले भएका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार ११:४१