१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

पहिलो दिननै सानिमा लाइफको आईपीओमा २.२२ गुणा बढी पर्यो आवेदन

२० साउन, काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको साधारण सेयर (आईपीओ) मा पहिलो दिनमा नै २.२२ गुण बढी आवेदन परेको छ । निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार बुधबार साँझसम्मको तथ्याङ्क अनुसार ७ लाख २८ हजार ८४० जनाल १ करोड २० लाख १८ हजार २६० कित्ता शेयरको लागि १ अर्ब २० करोड १८ लाख २६ हजार रुपैयाँ संकलन भएको छ ।

कम्पनीले बुधबारदेखि ६० करोड रुपैयाँ बराबरको १ सय रुपैयाँ अंकित दरका ६० लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई छुट्याईएको छ । बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणका लागी छुट्याईएको छ ।

आइपीओमा छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार १७:४७