१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

राष्ट्रियसभामा नेकपाको मुख्य सचेतकमा युवा नेता खिमलाल भट्टरार्इ नियुक्त

३२ असार, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) ले राष्ट्रियसभामा दलको  मुख्य सचेतकमा खिमलाल भट्टराईलाई नियुक्त गरिएको छ । प्रधानमन्त्री एवम् नेकपाका संघीय संसदीय दलका नेता केपी शर्मा ओलीले राष्ट्रियसभातर्फको मुख्य सचेतकमा भट्टराईलाई नियुक्त गरेको प्रतिनिधिसभाका मुख्य सचेतक देवप्रसाद गुरूङले जानकारी दिएका छन ।

अखिलका पूर्व अध्यक्ष समेत रहेका भट्टराई हाल नेकपाका केन्द्रीय सदस्य रहेका छन । भट्टरार्इको राष्ट्रियसभा सदस्यको कार्यकाल गोलाप्रथाको माध्यमबाट ६ वर्ष कायम भएको छ ।

प्रकाशित मिति : ३२ असार २०७५, सोमबार १८:१२