२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

वैकल्पिक बाटो दिँदा जान्छु, अक्षम भनेर निकाल्न पाइँदैन : हितेन्द्रदेव शाक्य

२० साउन, काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई वैकल्पिक बाटो दिनुपर्ने बताएका छन् । पत्रकारहरूसँगको कुराकानीमा उनले भने, ‘वैकल्पिक बाटो दिए म मान्छु, यही दिनु भन्ने केही छैन जान्छु, जिम्मेवारी लिन्छु’, तर ‘अक्षम भनेर निकाल्न पाइँदैन, अन्याय गरे अदालत पनि छ ।’

विगतमा राम्रो काम गरेको अनुभव भएकाले जुनमा पठाए पनि राम्रो गर्ने उनको भनाइ छ । ‘कोरोनाको समयमा पनि प्राधिकरणले राम्रो काम गरेको छ, मेरो कारणले प्राधिकरणको बदनाम नहोस् भन्ने हो,’ उनले भने । सरकारले प्राधिकरणमा कुलमान घिसिङलाई​ ल्याउने तयारी गरेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार १५:४८