२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

देउवाजी अब धरहरा र रानीपोखरी पनि भताभुङ्ग पार्नुस्ः श्याम श्रेष्ठ

२० साउन, काठमाडौँ । विश्लेषक श्याम श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारलाई अब धरहरा र रानीपोखरी पनि भताभुङ्ग पार्न अनुरोध गरेका छन । सामाजिक सञ्जाल मार्फत भूमि आयोग खारेजीप्रति असहमति र असन्तुष्टि जाहेर गर्दै श्रेष्ठले भनेका छन, ‘भुमि सम्बन्धि आयोगलाई देउबा सरकारले खारेज गरेर नितान्त गलत कार्य गरेको छ। यो भूमिहीन, गरिब, सुकुम्वासी र तल्लो बर्गका जनताको जीवन सित जोडिएको आयोग थियो । यसमा बेठिक मानिस परेका छन् भने तिनलाई पो हटाउने हो त। अघिल्लो सरकारले गरेको हरेक कुरा उल्ट्याउने सोच र संस्कृतिबाट हरेक सरकार मुक्त हुन आवश्यक छ। राम्रा कुरालाई त जसले थाले पनि निरन्तरता दिइनु पर्छ। जनविरोधी देशघाती कुरा मात्र उल्ट्याउने हो। नत्र त धरहरा पनि उल्त्याए भयो। रानी पोखरी पनि भताभुंग पारे भयो।’

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार १३:५७