२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

भूमि आयोग पुनःस्थापनाका लागि जनदबाव सिर्जना गर्न शंकर पोखरेलको अपिल

२० साउन, काठमाडाैँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भूमि आयोग पुनःस्थापनाका लागि जनदवाव सिर्जना गर्न अपिल गरेका छन । सामाजिक सञ्जाल मार्फत नेता पोखरेलले सरकारको जनबिरोधी कामको प्रतिवाद गर्दै पुनःस्थापनाका लागि दबाब दिन अपिल गरे ।

उनले भनेका छन,  ‘भूमिहिन दलित र सुकुम्वासी समस्याको समाधान गर्नु राज्यको सम्वैधानिक दायित्व हो । विगतमा कानुको अभावमा समस्याको समाधानमा व्यवधान सिर्जना हुदै आएको थियो । यसपटक सरकारले संसदवाट कानुन वनाएर भूमि आयोग गठन गरेको थियो । अव्यवस्थित वसोवासको समस्या नेपालको तराई क्षेत्रको विकराल समस्या हो । यसको समाधान राज्यको सामर्थ्यवृद्धिसंग पनि गासिएको विषय हो । कानुनतः गठन भएको र लक्षित समुदायको पहिचान र जग्गाको उपलव्धता जस्ता आधारभूत कार्यादेश स्थानियतहलाई प्रदान गरिएको अवस्थामा राजनीतिक पूर्वाग्रहका आधारमा आयोगनै विघटन गर्नु सरकारको निकै ठुलो भुल हो । आयोगको विघटन भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित वसोवासीको आशा र अपेक्षामाथिको घात हो । यस प्रकारको जनविरोधी कार्यको सबैले विरोध गरौ । आयोगलाई पुनस्थापित गर्नका लागि जनदवाव सिर्जना गरौ ।’

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार १३:२६