२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

एमाले नेताले वडा कार्यालयमा राखेर २२ वर्षीय युवालाई डोरीले बाँधेर कुटपिट गरे

२० साउन, काठमाडौँ । जाजरटमा नेकपा एमालेका एक जना नेताले वडा कार्यालयमा राखेर एक जना युवालाई निर्घात कुटपिट गरेका छन । डोरीले बानेर एमाले ती नेताले अमानवीय ढंगले युवामाथि कुटपिट गरेका हुन ।

यही साउन १५ गते जाजरकोटको जुनीचाँदे गाउँपालिकामा वडा नम्बर २ को कार्यालयमा वडा अध्यक्ष रामबहादुर नेपालीले त्यसरी अमानवीय रूपमा कुटपिट गरेका हुन । उनले दिउँसो ३ बजेको समयमा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा हल्ला गरेको भनेर स्थानीय २२ वर्षीया सर्पे दमाइ माथि कुटपिट गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले वडा अध्यक्ष समेत रहेका एमाले नेता नेपालीलाई अहिलेसम्म कुनै कारबाही गरेको छैन। यद्यपी नेपालले दमाईलाई कुटेको भिडियो भने सामाजिक सञ्जालमा भाइरल भएको छ । जनप्रतिनिधिले न्यायदिने ठाउँको आँगनमा राखेर नागरिक माथि वर्वर आक्रमण गर्दा पनि प्रहरीले पनि केही नगर्नु अचम्मको विषय बनेको छ ।

नेपाली गत स्थानीय निर्वाचनमा नेकपा एमालेका तर्फबाट नेपाली कांग्रेसका जयबहादुर नाथलाई पराजित गर्दै वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार ०६:४५