२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

पर्यटन व्यवसायीलाई यथाशक्य खोप उपलब्ध हुन्छ : राज्यमन्त्री श्रेष्ठ

१९ साउन, काठमाडाैँ ।स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले पर्यटन क्षेत्रका श्रमिक तथा व्यवसायीलाई यथाशक्य खोप उपलब्ध गराउने बताउनुभएको छ । होटल सङ्घ नेपाल(हान)का अध्यक्ष सिर्जना राणासहितको प्रतिनिधिमण्डलसँगको भेटमा राज्यमन्त्री श्रेष्ठले सो आश्वासन दिनुभएको हो ।

हानले आज जारी गरेको विज्ञप्तिमा कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेका विश्वका कतिपय मुलुकका नागरिक नेपाल आउन तत्पर रहेकाले पर्यटन क्षेत्रका श्रमिक तथा व्यवसायीलाई खोप उपलब्ध गराउन माग गरिएको छ । अध्यक्ष राणाले कोभिड–१९ को महामारीबाट आन्तरिक पर्यटन विस्तारै चलायमान हुन थालेकाले यस क्षेत्रमा संलग्न पर्यटन व्यवसायीतथा श्रमिकलाई खोप उपलब्ध गराउन आग्रह गर्नुभयो ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलवार १९:२३