२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

वीर अस्पतालको प्रमुखमा डा. रुद्र मरासिनी नियुक्त

१८ साउन, काठमाडौँ । कोभिड युनिफाइड केन्द्रिय अस्पताल  (वीर) को प्रमुख प्रशासकीय अधिकृतमा डा. रुद्र मरासिनी नियुक्त भएका छन् । सोमबार स्वास्थ्य मन्त्रालयले  राज्यमन्त्रीस्तरिय निर्णय गर्दै वीर अस्पतालको प्रमुखमा मरासिनीलाई नियुक्त गरेको हो । मरासिनी वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ रहेको जनाइएको छ ।

मन्त्रीस्तरीय निर्णयका आधारमा सोमबार वीर अस्पतालका प्रमुख डा. जागेश्वर गौतमलाई हटाएर थापाथलीको प्रसूति तथा स्त्रीरोग अस्पतालमा सरुवा गरेको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार १७:४४