२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

कर्णाली डुंगा दुर्घटना अपडेट : बेपत्ता भएकी एक महिलाको शव भेटियो

१७ साउन, काठमाडाैँ । कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएकी एक महिलाको शव भेटिएकाे छ । कैलालीको मोहन्याल गाउँपालिका–३ की २२ वर्षीया धनसरी सलामीको शव भेटिएकाे प्रहरीले जनाएकाे छ ।

घटनास्थलदेखि ३०० मिटर तल उनकाे शव भेटिएकाे हाे । कैलालीको मोहन्याल गाउँपालिका र सुर्खेतको चौकुने गाउँपालिका बीचमा पर्ने कर्णाली नदीमा आइतबार बिहान १० बजेतिर डुंगा पल्टिँदा एक गर्भवती महिलासहित तीनजना बेपत्ता भएका थिए । उनीहरु खोप लगाउन कैलालीबाट सुर्खेत जाँदै गर्दा दुर्घटनामा परेको थियाे ।

१० जना सवार रहेको डुंगा पल्टिँदा तीनजना बेपत्ता भएका थिए भने दुई जना घाइते भएको र पाँच जनाको सकुशल उद्धार गरिएको थियाे । घटनास्थलमा सुर्खेतको बाबियाचौर र कैलालीको सुँगरखालबाट खटिएको प्रहरी टोलीले खोजी तथा उद्धार थालेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आईतवार १५:५६