१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर आजदेखि बिक्री खुला

१७ साउन, काठमाडौँ । नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर आजदेखि लिलामीमा बिक्री खुला भएकाे छ ।लघुवित्तले ६५ हजार ७६० कित्ता संस्थापक शेयर शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री खुला गरेको हो । उक्त शेयर खरिदका लागि इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले साउन गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त शेयरको न्यूनतम मूल्य १ हजार २२ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि बोलपत्र पेश गर्नुपर्नेछ भने अधिकतम शेयरका लागि कुनै हद तोकिएको छैन् । लघुवित्तको शेयर बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आईतवार १२:१२