२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

देउवा प्रचण्डको सत्ता सहकार्यको फाइदा उठाउँदै माओवादीको जग्गा कब्जा अभियान सुरू

१७ साउन, चितवन । नेपाली कांग्रेस र नेकपा माओवादीको सत्ता सहकार्यको फाइदा उठाउँदै माओवादीले फेरि जग्गा कब्जाको अभियान सुरू गरेको छ । शनिबारबाट मोहन वैद्य निकट नेकपा ९क्रान्तिकारी माओवादी०ले जग्गा कब्जाको अभियान सुरू गरेको छ ।

यसअघि नेकपा एमाले नेतृत्वको सरकारले पृथकतावादी आन्दोलन चलाइरहेको सिके राउत र हिंसात्मक अभियानमा लागेको विप्लव माओवादीलाइ समेत शान्तिको बाटोमा ल्याएको थियो । तर यता एमालेविरूद्धको मोर्चामा सहभागी भएकै वैद्य माओवादीले व्यक्तिको जग्गामा झण्डा गाड्न सुरू गरेको छ ।

शनिबार माओवादीले कलाकार किरण केसीको माडीस्थित ४० बिघा जग्गा कब्जामा लिएको घोषणा गरेको छ । केसीको कम्पनी ट्वान्टी(वान प्रालिले प्लटिङ गरेको जग्गालाई कब्जामा लिइएको संगठनका चितवन जिल्ला अध्यक्ष कृष्ण सुनारले बताएका छन ।

नयाँ संविधानपछि राजनीतिक स्थायीत्वको कामना गरेका नागरिकले त्यो नपाए पनि १० वर्षे सशस्त्र द्धन्द्ध सकिए पनि त्यसको बाछिटाको रूपमा पुनः दुःख र हैरानी खेप्नुपर्ने अवस्थाको सुरूवात भएको छ । यसले नागरिकमा थप चिन्ता थपेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आईतवार १०:११