२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

१७ साउन, काठमाडाैँ । मेलम्चीमा आएको बाढीले रेडियो मेलम्ची १०७ दशमलव २ मेगाहर्जको भवन बगाएको छ। राति १२ बजे ४० मिनेट जाँदा रेडियोको भवन बाढीले बगाएको रेडियोका स्टेशन म्यानेजर देवराज सुवेदीले जानकारी दिए । असार १ को बाढीले पुरेको रेडियोको भवन दोस्रो भीषणबाढीले ढालेर बगाएको हो । बाढीले मेलम्ची जोड्ने चुनौटेमाथिको रातो पुल पनि जोखिममा परेको छ । अहिले पुलमाथिबाट खोला बगिरहेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आईतवार ०७:५२