२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

नेकपा एमाले ककनी नुवाकोटको पार्टी कार्यालय उद्घाटन

१६ साउन, नुवाकोट । नेकपा एमाले नुवाकोटको ककनी गाउँ पार्टी कमिटीको कार्यालय उद्घाटन भएको छ । एमाले नुवाकोटका अध्यक्ष एवं बागमती प्रदेशसभा सदस्य बद्री मैनालीले कार्यालयको शनिबार रानीपौवा बजारमा उद्घाटन गरे । उनले अब एमालेलाई ककनीमा एक नम्बर बनाउनुपर्ने भन्दै सरकारले गरेका राम्रा काम जनताको बीचसम्म पुर्याउन निर्देशन दिए । उनले नुवाकोटमा सधैँ एमाले एक नम्बर हुने गरी संगठन निर्माणमा जुट्न अनुरोध पनि गरे । कार्यक्रमा नेकपा एमालेका सचिव काशिराज अधिकारी, ककनीका अध्यक्ष जनार्दन अधिकारी, सचिव योगेन्द्र तामाङ लगायतले एमाले अब निरन्तर अघि बढ्ने भन्दै चाँडै नै नेपाली कांग्रेस र नेकपा मओवादी परित्याग गरे एमालेमा प्रवेश गर्नेहरूको स्वागत गरिने बताए ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार २०:५३