२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

एमाले स्थायी कमिटी बैठकमा झुलुक्क देखिए बामदेव गाैतम

१६ साउन, काठमाडौँ । नेकपा एमालेमा नयाँ खिचडी पाक्ने देखिएको छ । विघटित कार्यदलका सदस्यहरूको सुझाव अनुसार तुलसीलाल स्मृति भवन च्यासलमा बसेको स्थायी कमिटी बैठक एजेन्डामै प्रवेश नगरी स्थगित भएको छ । स्थागित हुनेगरी बसेको बैठकमा पार्टी उपाध्यक्ष बामदेव गौतम पनि सहभागी भएका छन । उनी यसअघि प्रधानमन्त्री निवासमा भएको केन्द्रीय कमिटीको बैठकमा सहभागी भएर बाहिरिएका थिए ।

गाैतम एमाले बैठकमा प्रवेश गर्नुलाइ अर्थपूर्ण रूपमा हेरिएको छ । यसअघि गाैतमले केन्द्रीय कमिटी बैठकमा आफूले एमाले र ओली कहिल्यै नछोड्ने बताएका थिए । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले आइतवार दिउँसो ३ बजे बस्ने गरेर बैठक स्थगित भएको जानकारी दिए । शनिबारको बैठकमा केन्द्रीय विभागको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणबारे छलफल हुने जनाइएको थियो ।

त्यसअघि एमाले संसदीय दलको कार्यालयमा भएको विघटित कार्यदलको बैठकमा तीन घण्टा लगाएर नेताहरूले १० बुँदेको जगमा टेकेर माधवकुमार नेपाललाई नगदमै अध्यक्ष दिने समझदारी गरेका थिए । उनीहरूले चाँडै नै पार्टीको आन्तरिक एकताले ठोस आकार ग्रहण गर्ने बताएका थिए । त्यस्तै सुवास नेम्वाङले अब एमालेमा कुनै समूह नरहेको बताएका  थिए ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार १७:१७